प्रहरीलाई ‘कर्कलो कोक्याउला’ दिइयो

प्रहरीलाई ‘कर्कलो कोक्याउला’ दिइयो

हास्य कलाकार हरिवंश आचार्यले ‘कर्कलो कोक्याउला’ बोलको गीतको अडियो भिडियो प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरेका छन् ।

आचार्यको आफ्नै शब्द, संगीत र स्वरमा निर्माण भएको गीत आज प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दिइएको हो ।

चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने उद्देश्यका साथ निर्माण भएको ‘कर्कलो कोक्याउला’ गीत शुभ मिडिया होम प्रालिले तयार पारेको हो ।

समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेचबिखनका घटनाक्रमहरू भइरहेको र गरिबी, बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतित गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने गरेको पाइएको छ ।

समाजमा सचेतना अभिवृद्धि गरी मानब बेचबिखनका घटना रोकथाम तथा नियन्त्रण गर्न ‘कर्कलो कोक्याउला’ गीतको श्रव्यदृश्य सामग्रीलाई प्रहरी कार्यालयले आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रममा व्यापक रुपमा प्रचार प्रसार गर्ने बताइएको छ ।

टिप्पणीहरू