खोप लगाउन झापाका स्कुलमा भिड

खोप लगाउन झापाका स्कुलमा भिड

आजदेखि झापामा विद्यार्थीलाई मोडर्ना खोप लगाउन थालिएको छ । झापाका १५ वटै पालिकाका १२ देखि १७ उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउन थालिएको हो ।

करिब १ लाख ५ हजार बालबालिका र किशोरकिशोरीलाई खोप दिने लक्ष्यका साथ जिल्लाभरी खोप अभियान सुरु गरिएको हो । हिजोदेखि सुरु भएको खोप अभियान बिहिबारसम्म जारी रहने बताइएको छ ।

अर्जुनधारा नगरमा भने भोलिदेखि अभियान सुरु हुँदैछ । बालबालिकालाई खोप लगाउन विद्यालयका शिक्षक र अभिभावक आफैँ खटिएका छन् ।

स्थानीय काँकडभिट्टा माविमा बिहानैदेखि खोप लगाउने विद्यार्थीहरुको भीड बढेको थियो । हिजो सामुदायिक स्कुलका र निजी स्कुलका करिब साढे पाँच सयभन्दा बढी विद्यार्थीलाई खोप दिइएको बताइएको छ ।

टिप्पणीहरू