आमिर खानकी छोरीकाे किस गरेको फोटो भाइरल

आमिर खानकी छोरीकाे किस गरेको फोटो भाइरल

भारतीय अभिनेता आमिर खानकी छोरी इराले सामाजिक सञ्जालमा हालेको पछिल्लो फोटो भाइरल बनेको छ । उनले ब्वाइफ्रेण्ड नुपुर शिखारेले च्याप्प समातेर गालामा किस गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् ।

रातो पारी भएको नीलो सारीमा सजिएकी इरालाई गाढा नीलो टीसर्ट लगाएका नुपुरले पछाडिबाट कसेर समात्दै गालामा किस गरेका हुन् । सँगै राखिएको अर्को फोटोमा उनीहरु एक अर्कोलाई पछाडिबाट समातेर उभिएको देखिन्छ ।

धेरै जना समर्थकले सुपर्ब भनेर प्रतिक्रिया जनाएको उक्त फोटो उनीहरुले योजनाबद्ध ढंगले खिचेको प्रष्ट हुन्छ । पहिलो फोटोमा नुपुरले पछाडिबाट कम्मरमा समातेका छन् भने इराले पनि केटा साथीको हात राम्रैसँग समातेर दह्रो समर्थन गरेको फोटो विश्लेषकहरुले टिप्पणी गरेका छन् ।
आइतबारको रमाइलो मुड शीर्षकमा सामाजिक सञ्जालमा हालिएको उक्त फोटोमा इराका समर्थकहरुमध्ये एक जनाले लेखेका छन्, ‘अति सुन्दर’ । उनैलाई आमिर खानकी छोरीले सकारात्मक जवाफ दिइन्,‘होइन त ?’ । लगत्तै फ्यानले लेखे, ‘पूर्ण रुपमा’ ।

टिप्पणीहरू