शहीद

शहीद

सारा जगत ब्युँझाएर ऊ मरेर गयो
न्याय र समानताको बिउ छरेर गयो ।

धर्ति र माटोको कसम खाइ ‌ऊ
लोकतन्त्र र गणतन्त्रको चित्र भरेर गयो ।

निष्ठा र आस्थाको अनुपम उदाहरण ऊ
मुलुक बचाउन मृत्यु स्वीकार गरेर गयो ।

भौतिक जीवन सजाएर बाँच्न चाहेन ऊ
परिवर्तनका लागि हाँसी हाँसी शहीद बनेर गयो ।

सारा जगत ब्युँझाएर ऊ मरेर गयो
न्याय र समानताको बिउ छरेर गयो ।

 

टिप्पणीहरू