शहीदहरु प्रति

शहीदहरु प्रति

तिमी अग्लो आदर्श
बज्रको इमान
स्वाधिन सन्देश
हाम्रो उज्यालो खोज्ने
बीरताको वंश
सलाम तिम्रो वैभवलाई ।
सम्मान तिम्रो मुस्कानको अकबरी सपनालाई ।
अनागरिकलाई सार्वभौम बन्न
अँध्यारो जित्न
तिमी सूर्य,चन्द्र हौ
तिमी मर्यादा हौ ।
सलाम तिम्रो सत्य,न्याय र समानताको मार्गलाई
सलाम तिम्रो उज्यालोको खोजीको यात्रालाई
सलाम हाम्रो आयाम बदल्ने तिम्रो कुर्बानीलाई
श्रध्दासुमन वीर शहिदहरुलाई ।

– लेखनाथ शिकारु

टिप्पणीहरू