​गोरु जुधाउन छेउमै हेलिकोप्टर

पर्यटन बोर्डमा सिइओको निम्ति माघ २ गते अन्तर्वार्ताको समयतालिका सार्वजनिक गरिएको छ । यसअघिका सिइओ सुवाष निरौलासहित १४ जना विभागीय प्रमुख एकैपटक अख्तियारको फन्दामा परेका थिए । 

पर्यटन बोर्डबाट यसअघि दीपक महतको इशारामा गोरु जुधाइको नाममा लाखांै पठाएर सो रकम हेलिकोप्टरमा खर्च गरिएको थियो । काठमाडौंबाट नुवाकोटको तारुका र थानसिंह पुग्न हेलिकोप्टर नै चढ्नुपर्ने हो ? माघ २ गते बिहान ८ बजे काशीराज भण्डारी, दीपक शिवाकोटी र दीपकराज जोशीका लागि तोकिएको छ भने सोही दिन दिउँसो ४ बजे धनञ्जय रेग्मी, नवीन पोखरेल र बच्चुनारायण श्रेष्ठलाई बोलाइएको छ । त्यस्तै माघ ३ गते बिहान ८ बजे रोहिणीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐरका लागि समय तोकिएको छ ।

 – उमेशराज कँडेल

टिप्पणीहरू