गायन प्रतियोगिता संगीत त्रिवेणीको सिजन–२ हुने

गायन प्रतियोगिता संगीत त्रिवेणीको सिजन–२ हुने

गायन प्रतियोगिता ‘संगीत त्रिवेणीको सिजन–२’ भोलिदेखि सुरु हुँदैछ । स्रष्टा, सिर्जना र स्रोतालाई जोड्ने अभियानस्वरुप पाँचथरको फिदिमस्थित न्यू बरदान संगीतालयले आरम्भ गरेको प्रतियोगिता १५ माघदेखि सुरु हुने भएको हो ।

प्रतियोगितामा सहभागि हुन इच्छुकले डिजिटल माध्यमबाट सहभागिता जनाउन सक्ने न्यू बरदान संगीतालयका निर्देशक बुद्धराज लिम्बूले बताए । प्रतियोगितामा सहभागिता लागि इच्छुकले ट्रयाक वा सादा स्वरमा आफ्नो गायन प्रस्तुती रेकर्ड गरी पठाउन सकिने उनको भनाइ छ ।

प्रतियोगिताको बिजेताले नगद एक लाख रुपैंयाँसहित एउटा गीत रेकर्डिङको अवसर पाउनेछ । त्यस्तै द्वितीय र त्रितीयलाई पनि एक–एक वटा गीत रेकर्डिङको अवशर प्रदान गरिनेछ ।

संगीत त्रिवेणी गायन प्रतियोगिताको सिजन–१, जेठ १८ बाट सुरु भएर मंसीर ११ मा समापन भएको थियो । सिजन–१, मा सुरेन सुहाङ, तारा नेम्बाङ र बिवश मेयोङहाङ क्रमशः प्रथम द्वितीय र त्रितीय भएका थिए ।

प्रतियोगिताबारे बिस्तृत जानकारीका लागि ९८०८३९८००७, ९८६२९६७५९६, ९८२४००३९३० र ९८१६९९९९२० मा सम्पर्क गर्न सकिने बताइएको छ ।

टिप्पणीहरू