प्रहरीले मन्त्रीविरुद्धको जाहेरी लिन नमानेपछि हुलाकमार्फत पठाइयो

प्रहरीले मन्त्रीविरुद्धको जाहेरी लिन नमानेपछि हुलाकमार्फत पठाइयो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा उजुरी परेको छ । साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै यादवविरुद्ध काँग्रेस नेता रन्जित कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी हालेका हुन् ।

गत माघ ५ गते रौतहटमा मधेश बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउततर्फ लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिनसक्ने चेतावनी दिएकी थिइन् ।

मन्त्रीको उक्त अभिव्यक्तिले साम्प्रदायिक द्वन्द्व फैलाएको भन्दै राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गर्दै नेता कर्णले उजुरी हालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको कर्णले बताए ।

तर, मन्त्री यादवले भने आफ्नो अभिव्यक्तिलाई बङग्याएर बाहिर ल्याइएको स्पष्टीकरण दिदै आएकी छिन् । यसअघि नै विज्ञप्ति निकालेर उनले आफूले कसैको ज्यान लिने अभिव्यक्ति नदिएको बताएकी थिइन् ।

यसअघि आजै कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएर मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका थिए ।

टिप्पणीहरू