​दुई जोइ हुनेका दुखेसा


दुई जोईका पोइ कोही न कोहीको अवस्थामा पुगेका निखिल उप्रेती अन्ततः कान्छी श्रीमती सञ्चिता लुइँटेलसँगै बस्ने भएका छन् । ०५८ मा जेठी कोपिलासँग विवाह बन्धनमा बाँधिएका उनी त्यसपछि कहिले सञ्चितासँग त कहिले भारतीयमूलकी युवतीतिर आँखा डुलाउँदै र तीसँगै जोडिँदै आएका थिए । अर्कैसँग विवाह गरेर बसेकी सञ्चितातिर आँखा मात्र डुलाएनन्, करिअर नै धरापमा राखेर उनलाई पत्नीको रूपमा स्विकारे । लामो समयदेखि अस्तव्यस्त जिन्दगी व्यतित गरिरहेका निखिलको जिन्दगीले अब भने नयाँ ट्र्याक पक्डिएको छ । निखिल न कोपिलासँग, न सञ्चितासँगको अवस्थामा थिए । जेठी पत्नी कोपिला ठिमीको घरमा, सञ्चिता माइतमा थिइन् । निखिल ससुरालीमा बस्न छाडेर दिदीको शान्तिनगरस्थित घरमा बस्दै आइरहेका थिए । यो बीचमा दिदीको घर छाडेर यता न उताको अवस्थामा रहे । अन्ततः दशौं वर्षपछि कान्छीसँगै बस्ने पक्का भएको छ । यसका लागि फ्ल्याट भेट्टाएको उनी निकटस्थ कलाकारले जनआस्थासँग सुनाए । 

टिप्पणीहरू