राष्ट्रियसभामा जनमोर्चाको इन्ट्री

राष्ट्रियसभामा जनमोर्चाको इन्ट्री

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश पाएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार तुलप्रसाद विक राजेश लुम्बिनी प्रदेशबाट निर्वाचित भएसँगै जनमोर्चाले राष्ट्रियसभामा जनमोर्चाले इन्ट्री मारेको हो ।

बुधबार सम्पन्न निर्वाचनमा संसद्को सबैभन्दा ठूलो दल एमालेका उम्मेद्वार कृष्ण सुनारलाई पराजित गर्दै बिक निर्वाचित भएका हुन् । लुम्बिनीमा एक प्रदेशसभा सदस्य र स्थानीय तहमा पाँच पदाधिकारी रहेको जनमोर्चाका उम्मेदवार बिक सत्ता गठबन्धनका अन्य दलको मत पाएर विजयी भएका हुन् ।

जनमोर्चाबाट प्रतिनिधिसभामा एक जना सदस्य छन् । गत ०७४ सालको निर्वाचनमा सो पार्टीकी उपाध्यक्ष दुर्गा पौडेलले वाम गठबन्धनका तर्फबाट चुनाव जितेकी थिइन् । बिकको जितसंगै जनमोर्चाको राष्ट्रियसभामा पनि प्रतिनिधित्व निश्चित भएको छ ।

टिप्पणीहरू