मधेशमा माओवादी उम्मेदवार अर्याल विजयी

मधेशमा माओवादी उम्मेदवार अर्याल विजयी

 

राष्ट्रियसभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याल निर्वाचित भएकी छन्।

भर्खरै सम्पन्न मतगणनामा अर्यालले ६ हजार १ सय ५६ मतभार पाएकी हुन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीकी रूपाकुमारी यादवलाई पराजित गरेकी हुन् । यादवलाई नेकपा एमालेले पनि समर्थन गरेको थियो ।

अन्यतर्फको एक जना राष्ट्रिय सभा सदस्यका लागि मतगणना जारी रहेको छ ।

टिप्पणीहरू