१ नम्बरमा कांग्रेसको भाग्य खुल्यो

१ नम्बरमा कांग्रेसको भाग्य खुल्यो

प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा कांग्रेसका उम्मेदवारको पोल्टामा परेको छ ।

मतगणनाको नतिजा बराबरी भएपछि गरिएको गोलाप्रथाबाट सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी भएका हुन् ।

मतगणना गर्दा एमाले उम्मेदवार गुरू बराल र बस्नेतले बराबर चार हजार ४८८ मत प्राप्त गरेका थिए । बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गर्दा बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।

बराबर मत आएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट विजयी टुंग्याउने निर्णय गरेका थिए ।

टिप्पणीहरू