चर्चित फुटबल खेलाडीमाथि किर्ते गरेको आरोप, बिशेष अदालतमा मुद्धा दर्ता

चर्चित फुटबल खेलाडीमाथि किर्ते गरेको आरोप, बिशेष अदालतमा मुद्धा दर्ता

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरी खड्का भ्रष्टाचार मुद्धामा तानिएका छन् । नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो छ।

खड्काले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र देखाई सहायक प्रहरी निरीक्षक (असई) मा नियुक्त भएर जागिर खाएको आरोप लागेको छ । उनको प्रमाणपत्र नक्कली भएको भन्दै आयोगमा उजुरी परेको थियो ।

त्यसपछि भएको छानविनमा भारतको माध्यमिक शिक्षा परिषद् वाराणशी उत्तर प्रदेशबाट जारी भएको आईएको नक्कली प्रमाण पत्र पेस गरेर प्रहरीमा जागिर खाएको भेटिएको दाबी आयोगको दाबी छ ।

२०५५ साल कात्तिक १ गते असईमा भर्ना भएका उनी महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत् थिए । उनी २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए । हाल भने उनी सेवाबाट अवकाश भइसकेका छन् ।

उनीविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) अनुसार सजाय हुन माग गरी मुद्दा दायर गरेको आयोगले बताएको छ ।

टिप्पणीहरू