स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई मन्त्रीको नगद सहयोग

स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई मन्त्रीको नगद सहयोग

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।

गत बिहीवार पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाएका विश्वकर्माकी श्रीमतीलाई मन्त्री झाँक्रीले आफ्नो आधा महिनाको तलब राहतस्वरूप दिनुभएको हो ।

उहाँका प्रेस संयोजक क्रान्ति न्यौपानेका अनुसार पत्रकार विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा मन्त्री झाँक्रीले रकम ट्रान्सफर गर्नुभएको हो ।

टिप्पणीहरू