तेर्हथुमकी लिम्बुनीलाई बेलायतबाट चामल सहयोग

तेर्हथुमकी लिम्बुनीलाई बेलायतबाट चामल सहयोग

तेह्रथुम छथर गाउँपालिका–३ पञ्चकन्या लुकुवाकी श्रीहाङमा लिम्बुनीलाई बेलायतबाट चामल सहयोग प्राप्त भएको छ । सहाराविहीन रहेकी उनलाई बेलायतमा रहेका एक नेपालीले चामल सहयोग गर्न लागेका हुन् ।

ताप्लेजुङको पक्ताङलुङ गाउँपालिका– ३ खेबेङमा जन्मेर हाल बेलायतमा रहदै आएका कलाकार मान तबेबुङ ’नाजम’ ले लिम्बुनीलाई जीवनभर चामल सहयोग घोषणा गरेका छन् । लिम्बु भाषा,लिपी,संस्कार संस्कृति संरक्षणमा चासो देखाउँदै आएका तबेबुङले लामो समयदेखि दुःखी पीडितलाई सहयोग गरिरहेका छन् ।

उनले लिम्बु भाषाका तीन एल्बम र नेपाली भाषाको एउटा एल्बम निकालीसकेका छन् । उनी भन्छन्, ‘श्रीहाङमाको समाचार देखेपछि मन छोयो र र बुढीआमाले जीवनभर काम नगरी चामल खान पुगोस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको हुँ ।’

श्रीहाङमा अविवाहित नेष्ठ नागरिक हुन् ।

टिप्पणीहरू