राष्ट्रिय टोलीमा नौ नयाँ अनुहार, दुई खेलका लागि दुई टिम

राष्ट्रिय टोलीमा नौ नयाँ अनुहार, दुई खेलका लागि दुई टिम

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । मौरिसससँग हुने दुई खेलमा दुई टोली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएको छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलका लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, शुभाष गुरुङ र देवेन्द्र तामाङलाई पुनरागमन गराउँदा नौ नयाँ अनुहारलाई मौका दिएका छन् ।
नयाँ खेलाडीमा गोलरक्षक टिकेन्द्र थापा, सत्रुघन चौधरी, मिडफिल्डर सुदिप गुरुङ, नवीन गुरुङ, आशिष राई, प्रशान्त अवस्थी, सुशिल राई र फरवार्ड आकाश बुढा मगर र कृतिश रत्न छुन्जु रहेका छन् ।

पहिलो खेलमा नेपाली टोलीबाट गोलरक्षक किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, टिकेन्द्र सिंह थापा, डिफेण्डमा गौतम श्रेष्ठ, दिनेश राजबंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, मिडफिल्डमा सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, अन्जन बिष्ट, आशिष लामा र स्ट्राइकरका रुपमा दर्शक गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, जगजित श्रेष्ठलाई राखिएको छ ।

त्यस्तै, दोस्रो खेल खेल्नका लागि गोलरक्षक किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, सत्रुघन चौधरी, डिफेण्डर गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, मिडफिल्डर सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन विष्ट, आशिष लामा तथा स्ट्राइकरमा विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशिल राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ रहने बताइएको छ ।

टिप्पणीहरू