प्रभूराम सेनापतिलाई सकल दर्जाको पत्र

प्रभूराम सेनापतिलाई सकल दर्जाको पत्र

नेपाली सेनामा तपाईंको नियुक्तिपश्चात् अघिल्लो नेतृत्वले सस्तो लोकप्रियताको लागि गरेका विभिन्न नाटक,सानो घेराको आडमा बहुसंख्यक अधिकृतहरुमाथि अन्याय अत्याचार,अपमान,थिचोमिचो नदोहोरियोस् भन्ने चाहना छ,त्यतिबेला अरबौँ रकम खुल्ला रुपमा भ्रष्टाचार भएको बारे जानकार नै हुनुहुन्छ,टोलका वासिन्दालाई खानेपानी अभाव हुँदा आफ्नो पुर्ख्यौली जमिन बोरिङ्गको लागि उपयोग गर्न दिने तपाईंले चाहिँ कम्तिमा धन देख्दा महादेवको तीन नेत्र नगर्नुहोला भन्ने शुभकामना छ । बदलाको भावना नलिई सबैलाई समान अवसर दिनुहोला,नयाँ गुट खडा नगर्नुहोला । ग्रुपिज्म हटाएको र बिगतका बदमासहरुलाई बिस्तारै ठेगान लगाएकोमा सकल दर्जा खुशी छौं ।

अझै २/४ जना कुरा काट्दै जागिर खाएर हिंडेका छन् । जसमा जागिर अवधिभर मालदार अड्डामा मात्र बसी भुँडी भरेका रघु भण्डारी पनि हुन् जसलाई अवकाशपछि पनि पूर्णचन्द्रले साढु भाइको नाताले राष्ट्रिय सेवा दलमा कुस्त सुविधासहित नियुक्ति दिएका छन् । निजको बोलीको हरेक शब्दमा कति सम्मको अश्लिलता निक्लिन्छ तपाईंलाई अवगतै छ छ,यिनले देश भरिका स्कूले भाइबहिनीलाई कस्तो शिक्षा देलान् ? सेनाको बारेमा तिनीहरुमाझ कस्तो सन्देश जाला ? तपाईंलाई पनि जातीय गाली दिइरहने,भएभरका नेतालाई आमा चकारी सराप्ने कुरा तपाईंलाई सह्य छ ? यस्ता भ्रष्टाचारी र अनैतिक लाई तुरुन्त रासेदबाट हटाई स्वच्छ छवियुक्तलाई तुरुन्त नियुक्त गर्नुहुन अनुरोध छ ।

-अप्राहु श्यामसुन्दर खड्का

टिप्पणीहरू