संसारको सबैभन्दा लजालू फूल चीनमा

संसारको सबैभन्दा लजालू फूल चीनमा

चिनियाँ अनुसन्धानकर्ताहरूले संसारको ‘सबैभन्दा लजालू’ फूल फेला परेको दाबी गरेका छन् । उनीहरुले ‘विश्वको छानो’ भनेर चिनिने छिङघाई–तिब्बती पठारमा उक्त फूल पत्ता लगाएका हुन् ।

मानिस वा अन्य वस्तुले छोएपछि ढिलोमा सात सेकेन्डमा सबै पत्ता बन्द हुने संसारको ‘सबैभन्दा लजालू’ फूल फेला परेको उनीहरुको दाबी छ । चिनियाँ विज्ञान बुलेटिन जर्नलमा प्रकाशित एक अध्ययनअनुसार हुपेई युनिभर्सिटी, चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गत वुहान बोटानिकल गार्डेन,वुहान युनिभर्सिटी र तिब्बत युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले द्रुत कोरोला संकुचन र पूर्ण बन्दको साथ मेकानिकल उत्तेजनालाई प्रतिक्रिया दिने जेन्टियाना नामका ती फूलका चार प्रजाति फेला पारेका हुन् ।

‘नाङ्गो आँखाले देख्दा अचम्म लाग्दा ती फूलहरू क्षणभरमै आँखा अगाडि नै हराए,’अध्ययनको नेतृत्व गरेका वैज्ञानिकहरूमध्ये एक हुपेई युनिभर्सिटीको स्कूल अफ रिसोर्सेज एन्ड इन्भाएरमेन्टल साइन्सका प्राध्यापक ताई छ्वानले बताए ।

अनुसन्धानकर्ताहरूका अनुसार चार वटै प्रजातिका फूलले लजाउन मुश्किलले सात सेकेन्डको समय लिन्छन् । जसले ती वनस्पतिलाई संसारकै सबैभन्दा संवेदनशील र छिटो प्रतिक्रिया जनाउने फूलमा रुपान्तरण गरिदिएको छ । पूर्ण बन्द भएका फूलहरू खुला आकाशमा औसतमा २१ मीनेटपछि फेरि खुल्न थाल्छन् ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू