जेसिबीले ठक्कर दिँदा वडा अध्यक्षसहित २ जना घाइते

जेसिबीले ठक्कर दिँदा वडा अध्यक्षसहित २ जना घाइते

जाजरकोटको नलगाड नगरपालिकामा जेसिबीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ का वडाध्यक्ष डिलबहादुर सार्की र सोही वडाका जसन्तु खत्री घाइते भएका हुन् ।

आठबिसकोट नगरपालिकाबाट काम सकेर फर्कने क्रममा नलगाड नगरपालिकाको रग्दामा जेसिबीले आज अपरान्ह उनीहरु सवार मोटरसाइकललाई ठक्कर दिएको नेकपा माओवादी केन्द्र आठबिसकोटका नगर अध्यक्ष रवि केसीले जानकारी दिए ।

घाइतेमध्ये वडाध्यक्ष सार्कीको अवस्था गम्भीर भएपछि उपचारको निम्ति नेपालगञ्ज पठाइएको छ । केसीका अनुसार खत्रीको अवस्था सामान्य रहेको छ ।

सार्की नेकपा माओवादी केन्द्र आठबिसकोट नगर कमिटिका उपाध्यक्ष समेत हुन् । खत्री सोही पार्टीको वडा नम्बर ६ का अध्यक्ष हुन् ।

टिप्पणीहरू