गाउँपालिकाको कार्यालयमा अख्तियारको छापा

गाउँपालिकाको कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ ।

गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा छापा मारेको आयोगको बर्दिबास कार्यालयले जनाएको छ ।

‘जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरीको आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेका हौं,’ आयोगको बर्दिबास कार्यालयका प्रवक्ता मणिराम ज्ञवालीले भने ।

टिप्पणीहरू