मन्त्री आलेको अर्को ‘एक्सन’

मन्त्री आलेको अर्को ‘एक्सन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य पारिएका यात्रुको विवरण संकलन शुरु गरेको छ ।

कोरोनाको पहिलो लहरमा विदेशमा अड्किएका नेपालीको उद्धारका लागि अघिल्लो वर्ष भएका चार्टर उडानमा तोेकिएकोभन्दा बढी भाडा तिर्न बाध्य यात्रुबाट सरकारले विवरण माग गरेको हो ।

मन्त्रालयले सार्वजनिक आह्वान गर्दै बढी भाडा तिरेका यात्रुलाई आफ्नो मर्का खुलाई मन्त्रालयको इमेलमा विवरण पठाउन जानकारी गराएको छ ।

मन्त्रालयले भनेको छ, ‘अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा बढी भाडा तिर्न बाध्य भई मर्का परेका महानुभावहरुले आधिकारिक कागजातसहित सात दिनभित्र निवेदन इमेल गरि छानबिन कार्यमा सहयोग पुर्याउन अनुरोध छ ।’

सरकारले चार्टर उडानमा भएको अनियमितताबारे छानबिन गर्न यो वर्ष छानबिन समिति गठन गरेको छ । यसअघि गठन भएको समितिका सिफारिस कार्यान्वयनमा भएको ढिलासुस्तीबारे सम्बन्धित निकायबाट स्पष्टिकरण लिन र थप छानबिन गर्न मन्त्रालयले समिति बनाएको हो । सोही समितिको छानबिन प्रयोजनका लागि विवरण मागिएको बताइएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पूर्ववर्ती सरकारले चार्टर उडानको नाममा यात्रुसँग बढी भाडा असुलेको भन्दै छानबिन गरेर कारबाही गर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुसार मन्त्रालयले विवरण संकलन थालेको हो ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/01/CharterFlightOverVadaNotice78-10-10.pdf”]

टिप्पणीहरू