छ महिनामा डेढ लाख राजश्व

छ महिनामा डेढ लाख राजश्व

जिल्ला ट्राफिक कार्यालय मुगुले चालु आर्थिक वर्षको ६ महिनामा एक लाख रुपैयाँभन्दा धेरै राजश्व उठाएको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को पुससम्म १ लाख ४७ हजार ५ सय रकमको राजश्व संकलन गरेको हो ।

नियम उलंघन गर्ने सवारी साधनलाई कारबाही गरी उक्त रकम संकलन गरिएको ट्राफिक कार्यलय मुगुले जनाएको छ । कार्यालयका अनुसार क्षमताभन्दा धेरै यात्रु राख्ने, जथाभावी ओभरटेक गर्ने, बिल बुकलगायत अन्य कागजातहरु साथमा नराख्ने, मदिरा सेवन गरी सवारी सञ्चालन गरेर ट्राफिक नियम उल्लंघन गर्ने ६१ वटा सवारीलाई गरिएको कारवाहीबाट उक्त रकम संकलन भएको हो ।

सो अवधिमा जिल्लामा १ सय २३ सवारी साधनलाई कारवाही गरिएको कार्यालयका प्रहरी नायव निरीक्षक मोतीलाल विकले जानकारी दिए ।

गत आर्थिक वर्षमा १ लाख ८६ हजार राजश्व संकलन भएको थियो भने १ सय ८५ वटा सवारी साधन कारवाहीमा परेका थिए ।

टिप्पणीहरू