खोप लगाउन विद्यालय खोलिँदै

खोप लगाउन विद्यालय खोलिँदै

विद्यार्थीलाई कोरोनाविरुद्ध खोप लगाउन आगामी शनिबारबाट विद्यालय खुल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनको निमित्त मुलुकभरका विद्यालय खोलेर विद्यार्थीलाई खोप दिने तयारी गरेको हो । स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप दिने बताइएको छ ।मन्त्रालयले प्रकाशित गरेको सूचनामा विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ ।

कोरोनाको जोखिम बढेपछि सरकारले पुसको अन्तिम सातामा विद्यालय बन्द गरेको थियो । माघ १५ देखि २० गतेसम्म विद्यालयमा खोप अभियान सञ्चालन गरिने छ ।

टिप्पणीहरू