दर्ता भयो कौण्डिन्य महासमाज महासंघ, अध्यक्षमा बन्जारा

दर्ता भयो कौण्डिन्य महासमाज महासंघ, अध्यक्षमा बन्जारा

कौण्डिन्य महासमाज महासंघ काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको छ । गत वर्षको चैत २८ गते भएको कौण्डिन्य गोत्रहरुको भेलाअनुसार महासमाज यो वर्षको पुस २२ गते दर्ता भएको हो ।

दर्तापछि महासमाजले अर्जुनप्रसाद बन्जाराको अध्यक्षतामा कौण्डिन्य गोत्रीय महासमाज गठन गरेको छ । उपाध्यक्षमा बाबुराम आचार्य, महासचिवमा विष्णुप्रसाद बाँस्कोटा, सचिवमा पुरुषोत्तम पराजुली र कोषाध्यक्षमा नारायणप्रसाद न्यौपाने छन् ।

त्यस्तै, सदस्यहरुमा दामोदर गैह्रे, ठाकुरप्रसाद सापकोटा, जनककुमार खड्का, विराज प्याकुरेल, डा. गणेशप्रसाद पाठक र हरिबोल सत्याल छन् ।देश तथा विदेशमा कौण्डिन्य गोत्रीय बन्धुहरु तथा कौण्डिन्य गोत्रीय बन्धुहरुको प्रतिनिधित्व गर्ने संस्था वा समाजहरु पारस्परिक सौहार्दता, सद्भाव एवम् वन्धुत्वको भावनाको विकास गर्दै एकताबद्ध बनाउने उद्देश्यका साथ कौण्डिन्य महासमाज निर्माण गरिएको बताइएको छ ।

महासमाजमा हालसम्म झण्डै ४४ वटा थरहरु कौण्डिन्य गोत्रमा फेला परेका र सबै थरहरुलाई समेटेर लैजाने महासमाजका उपाध्यक्ष आचार्यले बताए । ‘केही समयपछि सार्वजनिक रुपमा सबै थरहरुलाई महासंघमा जोडिनका लागि सार्वजनिक रुपमा आह्वानसमेत गर्छौं,’ उनले भने ।

टिप्पणीहरू