सिटामोलको आपूर्ति मिलाउनु : सर्वोच्च अदालत

सिटामोलको आपूर्ति मिलाउनु : सर्वोच्च अदालत

सर्वोच्च अदालतले सहज रुपमा सिटामोल उपलब्ध गराउन संघीय सरकार र सातै प्रदेशका सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

कोरोना संक्रमण बढेका बेला त्यसका लागि चाहिने अति आवश्यक सिटामोलको अभाव भएको भन्दै अधिवक्ता टीकाबहादुर कुँवरले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आज यस्तो आदेश दिएको हो ।

कोरोनाको प्रकोप कायम रहेको अवस्थामा त्यसको उपचारका लागि आवश्यक पर्ने सामान्य तर महत्वपूर्ण औषधी सिटामोल÷प्यारासिटामोल देशभरका अस्पताल र औषधि पसलमा पर्याप्त मात्रामा आपूर्ति हुन नसकेको भन्दै कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट हालेका हुन् ।

इजलासले सिटामोलको अभाव हुनुमा कारण देखाउनसमेत सबै सरकारका नाममा आदेश दिएको छ । साथै अन्तरिम आदेश जारी गर्नु पर्ने या नपर्ने भन्नेबारे छलफलका लागि मुद्दाका दुबैै पक्षलाई झिकाउने आदेशसमेत गरेको छ ।

टिप्पणीहरू