विप्लवका कार्यकर्ताद्वारा शर्माको कलेज तोडफोड

विप्लवका कार्यकर्ताद्वारा शर्माको कलेज तोडफोड

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले काठमाडौं मेडिकल कलेजमा तोडफोड गरेका छन् ।

विवादास्पद मेडिकल व्यवसायी सुनिल शर्माको भक्तपुरको दुवाकोटस्थित कलेजमा केहीबेर अघि उनीहरुले ढुंगामुढा गरेका हुन् । क्रान्तिकारीका कार्यकर्ताहरुले नाराबाजी गर्दै कलेजमा ढुंगा हानेका हुन् । ढुंगा प्रहरबाट कलेजको सिसा फुटेको छ ।

विद्यार्थीहरुले ‘सुनिल शर्मा मूर्दावाद’, ‘दलालहरु होशियार’, ‘सुनिल शर्मा देश छोड’, ‘मेडिकल माफिया मूर्दावाद’ जस्ता नारा लगाएका थिए । घटनाबारे विस्तृत विवरण भने आइसकेको छैन ।

टिप्पणीहरू