मेशिन त आयो, चलाउनेचाहिँ कसले नि १

मेशिन त आयो, चलाउनेचाहिँ कसले नि १

साहित्यको श्रीबृद्धिको लागि ०१४ सालमै स्थापित नेपाल प्रज्ञा प्रतिष्ठानको दु्ःख चाहिँ कस्तो भने अत्याधुनिक प्रेस भित्र्यायो चलाउने जनशक्ति छैन । किताब छापेर वितरणको जिम्मा दियो, साझा प्रकाशनले पैसा दिँदैन । यसवीच जेनतेन छापिएका कृतिहरु सातै प्रदेशमा विक्री वितरण गर्न एकेडेमीले बोलपत्र आह्वान ग¥यो । दुईवटा निजी कम्पनी एकेडेमीभित्र पसे ।

पर्यटन तथा संस्कृति मन्त्रालयबाट पाएको झण्डै १२ करोड रकमबाट प्रतिष्ठानले नयाँ र अत्याधुनिक फोर कलर मेसिन खरिद गरेको बर्षाैं भयो । तर तीन बर्षसम्म चलाउने जनशक्ति नभेट्दा खिया लाग्ने स्थितिमा पुग्यो । एकेडेमीले भित्राएको जस्तो प्रेस मुद्रण विभागसँग मात्र छ ।

एकेडेमीले सरकारसँग थप दुई पटकसम्म १२ जना प्राविधिक जनशक्ति माग्दै पत्र लेख्यो तर कमलादीबाट पठाइएको फाइल सिंहदरबार छिरेपछि केही जवाफ आएन । पर्यटन मन्त्रालय हुँदै अर्थमै फाइल अड्किरहेको छ ।

व्युरोक्रेटलाई जिम्मा लाऊँ तिनका बदमासी एकेडेमीलाई जानकारी नहुने कुरै भएन । धनुषचन्द्र गौतम नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव हुँदा त्यहीँका कर्मचारीहरुले मेसिन बिगारिदिएर पुस्तक छाप्न बाहिर पठाउनुपर्ने स्थिती थियो । खराब चरित्रका केही कर्मचारी अहिले पनि छन् ।

एकेडेमीमा रहेको सानो प्रेस चलाउन ७ जना कर्मचारी छन् । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यायका अनुसार नयाँ प्रेस चलाउनका लागि भन्दै एकेडेमीले नोटिस निकाल्यो। त्यसैमा टेकेर ग्लोबल प्रिन्टर कनेक्सन प्रा.ली. कमलादी छि¥र्यो । उसैले एकेडेमीभित्रको सानो टहरोमा सो प्रेस चलाइरहेको छ ।

र, सम्झौता छ मासिक ६ लाख ५० हजार भाडा बुझाउने, उसले बाहिरबाट आफ्नै सम्पर्कमा छपाईका काम ल्याएको खण्डमा थप दश प्रतिशत अतिरिक्त शुल्क बुझाउँदै आएको छ ।

अहिले एकेडेमीका पुराना र चर्चित कृतिहरु धमाधम छाप्ने काम चलिरहेको छ । पाठ्यक्रम विकास केन्द्र, काठमाडौं महानगरपालिका लगायतका कतिपय काम सोही प्रेसबाट हुँदै आएको छ ।

यस्तै प्रज्ञाको पुस्तक वितरण यसअघि साझा प्रकाशनले गर्दै आएको थियो तर ऊ आफैं लथालिंग भएपछि कृतिहरु बजारमा जान सकेनन् । त्यहीमाथि प्रज्ञाका पुस्तक विक्रीवापत साझाले एकेडेमीलाई तिर्नुपर्ने झण्डै डेढ करोड अझैं भुक्तानी हुन सकेको छैन ।

साझाबाट पुस्तक बिक्री नहुने देखिएपछि एकेडेमीले टेण्डर निकाल्यो । मकालु प्रकाशनले सातै प्रदेश र नेपाल बाहिरसमेत पु¥याउने जिम्मेवारी पायो । मकालुसँग तीन बर्षका लागि सम्झौता भएको छ ।

अहिले एकेडेमीभित्र छिरेका मकालु र ग्लोबल प्रिन्टर कनेक्सन ‘रुन नसक्ने र भएको सम्झौता छाडेर हिँड्न’ समेत नसक्ने अवस्थामा छन् । कारण हो घाटाको व्यापार वा सम्झौता । उनीहरुले सम्झौता तोड्नका लागि पटक पटक प्रयास गरे पनि सम्झौताकै कारण रोकिएका छन् ।

टिप्पणीहरू