चुनावका नाममा एमालेले वितण्डा मच्चायो : अध्यक्ष नेपाल

चुनावका नाममा एमालेले वितण्डा मच्चायो : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावका नाममा प्रतिपक्षी नेकपा एमालेले वितण्डा मच्चाएको आरोप लगाउनुभएको छ ।

तर, एमालेको वितण्डाले कुनै फरक नपर्ने भन्दै उहाँले संविधानअनुसार नै सबै तहका चुनाव हुने प्रष्ट पार्नुभयो । एमालेले लोकतन्त्र र संविधानको मर्म र भावनालाई समाप्त पार्ने उद्देश्यले किचलो झिकिरहेको दाबी गर्दै अध्यक्ष नेपालले सत्तापक्ष जिम्मेवार भएकाले समयमै तीनै तहका चुनाव गरिने बताउनुभयो ।

आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मंसिरसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गरिसक्ने गरि गठबन्धनमा छलफल भइरहेको पनि जानकारी गराउनुभयो । सो क्रममा उहाँले तीनै तहका निर्वाचनमा पाँच दल मिलेर लड्ने पनि बताउनुभयो ।

टिप्पणीहरू