सिटिईभिटीका परीक्षा पनि रोकिए

सिटिईभिटीका परीक्षा पनि रोकिए

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटी) अन्तर्गतका सबै परीक्षा स्थगित गरिएको छ । कोभिड संक्रमण तीव्र गतिमा फैलिने क्रम बढेपछि परीक्षा स्थगित गरिएको हो ।

परिषद्ले आउँदो शनिबार बायोमेडिकलतर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

यस्तै माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, व्यवस्थापनलगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पुरक परीक्षा सञ्चालन हुने तयारीमा थिए ।

टिप्पणीहरू