एमाले मकवानपुरमा बल्ल कुरो मिल्यो

एमाले मकवानपुरमा बल्ल कुरो मिल्यो

नेकपा एमाले मकवानपुरका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । दुईपक्षीय किचलोका कारण अधिवेशन सम्पन्न भएको झण्डै तीन सातापछि उनीहरुले शपथ ग्रहण गरेका हुन् ।

पुस २३–२४ गते भएको ११औँ जिल्ला अधिवेशनमा बद्रीप्रसाद लम्साल र एकलाल श्रेष्ठको अध्यक्षमा उम्मेदवारी परेको थियो । तर, लम्साललाई थाहै नदिई श्रेष्ठको नेतृत्वमा एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध घोषणा गरिएपछि लफडा भएको थियो ।

तत्कालीन जिल्ला अधिवेशन आयोजक कमिटीका अध्यक्षसमेत रहेका लम्सालले सहमतिविना कमिटी घोषणा गरेको भन्दै सार्वजनिक रुपमै आफूलाई मान्य नहुने र उम्मेदवारी कायम रहेको बताएका थिए । जसका कारण लामो समयसम्म सपथ हुन सकेको थिएन ।

अहिले लम्सालले उम्मेदवारी फिर्ता लिएसँगै सबैजना शपथ लिन राजी भएका हुन् ।

टिप्पणीहरू