इँटाको जवाफ ढुंगाले दिने विद्यार्थी संगठनहरुको चेतावनी

इँटाको जवाफ ढुंगाले दिने विद्यार्थी संगठनहरुको चेतावनी

नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका मेडिकल माफियाविरुद्ध विद्यार्थी संगठनहरुले थप कडा संघर्ष गर्ने भएका छन् । माफियाहरुले असुलिरहेको अतिरिक्त शुल्कको विरोधमा हिजो गरिएको न्यायपूर्ण सिठ्ठी आन्दोलनमा कलेजका सुरक्षाकर्मी र भिजिलान्तेहरुले बलजफ्ती गरेपछि उनीहरुले कडा संघर्ष गर्ने निर्णय गरेको हुन् ।

माग पूरा गर्नेतर्फ सरकारले चासो नदेखाएपछि विद्यार्थीहरुले नोबेल प्रशासनविरूद्ध गरेको सिठ्ठी जुलुसमा कलेज प्रशासनको हस्तक्षेप हुँदा एक दर्जन बढी विद्यार्थी घाइते भएका छन् । उनीहरूले कलेज प्रशासनको दुव्र्यवहार र दमनको निन्दा गर्दै घाइते विद्यार्थीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

आज विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै, आन्दोलनमा बलको प्रयोग गरिएकोप्रति संगठनले भत्र्सना गरेका छन् । यसको जवाफ दिन उनीहरुले मुलुकभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाजलगायतलाई आन्दोलनमा सहभागी भएर ऐक्यबद्धता जनाउन आग्रह गरेका छन् । साथै, उनीहरुले इँटाको जवाफ पत्थरले दिने चेतावनीसमेत कलेज प्रशासनलाई दिएका छन् ।

संयुक्त विज्ञप्ति निकाल्नेहरुमा नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) का हरिकृष्ण गजुरेल, विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराई छन् ।

टिप्पणीहरू