मन्टुको हत्यामा संलग्न ५ जनालाई हत्कडी लगाइयो

मन्टुको हत्यामा संलग्न ५ जनालाई हत्कडी लगाइयो

हत्यामा संलग्न भएको आरोपमा पर्सामा प्रहरीले पाँच जनालाई समातेको छ । जगरनाथपुर गाउँपालिका–६ का नागेश्वरप्रसाद कुर्मीका छोरा १२ वर्षीय मन्टुप्रसाद कुर्मीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई समातेको हो ।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ का ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३० वर्षीय मनमोहनप्रसाद यादव र २५ वर्षीय रोहनप्रसाद यादव हुन् ।

उनीहरुमध्ये गोवरी राउत, नग राउत र शत्रुधनलाई गत शनिबार तथा मनमोहन र रोहनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । जगरनाथपुर गाउँपालिका–६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो मन्टुप्रसादको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–६ भिश्वास्थित नेपाल भारत सीमाबाट हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू