सिटामोल गन्न थालियो

सिटामोल गन्न थालियो

देशभर सिटामोलको अभाव रहेको समाचार सार्वजनिक भइरहेका बेला स्वास्थ्य कार्यालय लमजुङले भने जिल्लामा सिटामोल पर्याप्त मात्रामा रहेको बताएको छ । जिल्लाभर पाँच सय एमजीको ६ लाख ९९ हजार ५ सय १० ट्याब्लेट सिटामोल मौज्दात रहेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख अमर दवाडीले सरकारी स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा सिटामोल रहेको बताए । स्वास्थ्य कार्यालय लमजुङ, जिल्ला अस्पताल लमजुङ, चार वटा नगरपालिका र चार वटा गाउँपालिकाका स्वास्थ्य शाखाको स्टोरमा पर्याप्त सिटामोल रहेको उनको दाबी छ ।

कार्यालयका अनुसार स्वास्थ्य कार्यालयमै एक लाख ७३ हजार ट्याब्लेट मौज्दात छ । त्यस्तै, जिल्ला अस्पतालमा तीन लाख, बेंसीशहर नगरपालिका स्वास्थ्य शाखामा १० हजार, सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखामा ३४ हजार दुई सय १०, राइनास नगरपालिका स्वास्थ्य शाखामा ६७ हजार आठ सय, मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखामा २५ हजार पाँच सय ट्याब्लेट बाँकी छ ।

यस्तै, मस्र्याङ्दी गाउँपालिका स्वास्थ्य शाखामा ४१ हजार, दोर्दी गाउँपालिका स्वास्थ्य शाखामा ११ हजार, खोलासोंथर गाउँपालिका स्वास्थ्य शाखामा २७ हजार र दूधपोखरी गाउँपालिका स्वास्थ्य शाखाको स्टोरमा १० हजार ट्याब्लेट सिटामोल रहेको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू