अब आँखा हेरेर मृत्युको पूर्वानुमान गर्न सकिने

अब आँखा हेरेर मृत्युको पूर्वानुमान गर्न सकिने

के तपाईले कसैको मृत्युबारे भविष्यवाणी गर्नु भएको छ ? सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरुले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविश्यवाणी गर्न सकिने बताएका छन् ।

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन सफल भएका छन्, जसका माध्यमबाट मानिसका आँखाको रेटिना हेरेर आयु भविश्यवाणी गर्न सकिन्छ । यस्तो भविश्यवाणी रेटिनाको अध्ययनमा आधारित छ । यो अध्ययन कुनै पनि व्यक्तिको स्वास्थ्यबारे गहिरो अध्ययन गर्न चिकित्सकलाई ‘झ्याल’ को काम गर्ने दाबी गरिएको छ ।

१९ हजार जनाको नेत्र कोषको अध्ययनपछि एआईले रेटिनाको आयु (रेटिन एज) भविश्यवाणी गर्न सफल भएको मेलबर्ननको सेन्टर फर आई रिसर्चले दाबी गरेको छ । ‘मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित स्नायु रोग र भास्कुलर प्रणालीको रोगविज्ञान प्रक्रियाको अध्ययन गर्न रेटिनाको अध्ययनले अद्दितीय पहुँच प्रदान गरेको छ,’ अध्ययनका लेखक तथा युनिभर्सिटी अफ मेलबर्न एन्ड सेन्टर फर आई रिसर्चका प्राध्यापक डा. मिङगुाअङले भने ।

अध्ययनमा युके बायोबैंकमा सहभागी ४० देखि ६९ वर्ष उमेर समूहका एक लाख ३० हजार मानिसको रेटिनाको नमूना अध्ययन गरिएको थियो ।

टिप्पणीहरू