मेयर, उपमेयर सबैलाई कोरोना लागेपछि नगरपालिका बन्द

मेयर, उपमेयर सबैलाई कोरोना लागेपछि नगरपालिका बन्द

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको व्यास नगरपालिका बन्द गरिएको छ । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशीसहितका केही कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि अत्यावश्यकबाहेक अन्य सेवा आजदेखि बन्द गरिएको हो ।

भोलि हुने राष्ट्रियसभा निर्वाचनको सिलसिलामा मतदाताको कोभिड–१९ को अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने परिपत्र भएको थियो । निर्वाचन आयोगको परिपत्रअनुसार स्वास्थ्य परीक्षण गर्दा नगरप्रमुख, उपप्रमुखसहित केही कर्मचारीमा कोरोना पोजिटिभ देखिएको हो ।

नगरपालिकाले आजबाट शुक्रबारसम्मको लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलद्वारा जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू