जिल्ला अदालतको हदम्याद र तारेख नगुज्रिने

जिल्ला अदालतको हदम्याद र तारेख नगुज्रिने

कोरोना महामारीका कारण काठमाडौं जिल्ला अदालतकाे सेवा पनि प्रभावित भएको छ । नयाँ भेरिएन्ट ओमिक्रोनलगायत विभिन्न भेरिएन्टका कारण उत्पन्न पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै आगामी मंगलबारसम्मलाई मुद्दा मामिलाका अधिकांश सेवा संकुचन भएको हो ।

अदालतले हिजो जारी गरेको सूचनामा अदालतको माघ ५ गतेको निर्णयअनुसार अदालतबाट प्रवाह हुने सेवामासमेत अवरोध आएको बताइएको छ ।जारी सूचनामा भनिएको छ, ‘सरकारले पनि माघ ७ गते शुक्रबार मध्यरातबाट लागु हुनेगरी उपत्यकामा सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गरेको परिप्रेक्ष्यमा काम कारवाही तथा सेवा संकुचन भएको अवधिमा (मिति २०७८।१०।१९ सम्म) मुद्दा, रिट तथा निवेदनहरुमा हदम्याद, म्याद र तारेख गुज्रिने छैन ।’

टिप्पणीहरू