सोल्टीमोडमा मोटरसाइकल जुध्यो, एक जना सिकिस्त अर्को फरार

सोल्टीमोडमा मोटरसाइकल जुध्यो, एक जना सिकिस्त अर्को फरार

आज साँझ काठमाडौंको सोल्टीमोडमा भएको मोटरसाइकल दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । अर्का मोटरसाइकल चालक मोटरसाइकल छाडेर भागेका छन् ।

साँझ ८ बजेको हाराहारीमा भएको दुर्घटनामा एउटै दिशाबाट आएका मोटरसाइकल ठक्कर खाएका हुन् । सु.प.प्रदेश ०१–००९ प ८६–४८ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको तीब्र गतिको बा.७९ प १९५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

ठक्करबाट ०१–००९प ८६–४८ नम्बरका मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारार्थ वीर अस्पतालको ट्रमा सेन्टर लगिएको छ । अर्का चालक मोटरसाइकल छाडेर फरार भएका छन् ।

प्रहरीले दुई वटै मोटरसाइकललाई प्रहरी वृत्त कालिमाटीको नियन्त्रणमा राखेको छ ।

टिप्पणीहरू