संक्रमितले फोनबाट परामर्श लिन सक्ने

संक्रमितले फोनबाट परामर्श लिन सक्ने

कोभिड १९ को तेस्रो लहरको सामना गर्नको निम्ति नेपाल चिकित्सक संघले परामर्श केन्द्रको व्यवस्था गरेको छ । संघ, अमेरिका–नेपाल मेडिकल फाउण्डेशन र नेपाल टेलिकमको संयुक्त पहलमा केन्द्रको स्थापना गरिएको हो ।

कोरोनाको लक्षण देखिएका नागरिकले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोनबाट परामर्श लिन सक्नेछन् । त्यसको लागि ११५६ मा कल गर्नुपर्ने छ ।

यो सेवा भोलिदेखि उपलब्ध हुँदैछ । संघले भोलिदेखि उक्त नम्बरमा फोन गरेर परामर्श लिन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

टिप्पणीहरू