गुल्मी प्रशासन पनि बन्द

गुल्मी प्रशासन पनि बन्द

गुल्मी प्रशासनले भोलिदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने भएको छ । कोरोनाको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, गुल्मीले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

कार्यालयमा सेवाग्राहीहरुको भीडभाड उच्च रहेको र कोभिड संक्रमणको जोखिम थप बढ्ने अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक सेवाअन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सबै सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न कार्यालयले सूचित गरेको छ ।

कोरोना संक्रमण भएपछि कार्यालयका केही कर्मचारी आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।

टिप्पणीहरू