हराएका सर्वसाधारण खोज्ने १३ प्रहरी गायब

हराएका सर्वसाधारण खोज्ने १३ प्रहरी गायब

नेपाल प्रहरीका १३ जना प्रहरी एकाएक गायब भएका छन् । प्रधान कार्यालयले गायब भएका तिनलाई सम्पर्कमा आउन आग्रह गरेको छ । केही महिनादेखि बेपत्ता तिनलाई कार्यालयले एक साताभित्र सम्पर्कमा आउन भनेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिरी रहेका दुई जना प्रहरी हवल्दार र ११ जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ । प्रहरी हवल्दार दिपेन्द्र सिंह र मंगलसिंह कुँवरलाई चाँडो सम्पर्कमा आउन भनिएको छ ।त्यस्तै, सम्पर्कविहीन प्रहरी जवानमा विक्रम महत,आशबहादुर गुरुङ, सुनिल चौधरी,शान्तिराम राई, आपिश शर्मा,नागेन्द्रप्रसाद यादव, मनोज चौधरी,अमृतलाल खत्री, सुरेशकुमार दुवाल,मार्सल जुलम, दिल दिक्षित र राज केसी हुन् ।

प्रहरीको सेवामा रहेका उनीहरु एकाएक गैर हाजिर भएका थिए । अब पनि स्पष्टीकरण लिएर कार्यालयमा हाजिर नभए ती १३ जनालाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

टिप्पणीहरू