विप्लवका विद्यार्थीहरु सडकमा

विप्लवका विद्यार्थीहरु सडकमा

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकाे विराेध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । क्रान्तिकारीले त्रि–चन्द्र कलेज अगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेको हो ।

त्रिचन्द्र इकाई कमिटीको आयोजनामा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरिएको आयोजकले बताएको छ ।

क्रान्तिकारी काठमाडौं जिल्ला इञ्चार्ज रविन केसीको नेतृत्वमा भएको आजको प्रदर्शनमा त्रिचन्द्र इकाई कमिटी अध्यक्ष वीरेन्द्र नेपालीलगायत मुश्किलले एक दर्जनको उपस्थिति रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू