आजदेखि शहीद सप्ताह लाग्यो

आजदेखि शहीद सप्ताह लाग्यो

आजदेखि शहीद सप्ताह शुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहुति दिएकाहरुको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिएको शहीद सप्ताह आजबाट शुरु भएको हो ।

वि.सं. २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीद सप्ताह मनाउने चलन छ । प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । शहीद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० माघदेखि १६ माघसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।

१३ माघमा धर्मभक्त माथेमालाई सिफल र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा तत्कालीन राणाशासकले मृत्युदण्ड दिएका थिए । १६ माघलाई शहीद दिवशको रुपमा मनाउने गरिएको छ ।

टिप्पणीहरू