नालामा खसेका पुरुषको ज्यान गयो

नालामा खसेका पुरुषको ज्यान गयो

बाँकेको कोहलपुरमा एक पुरुष नालामा मृत भेटिएका छन् । अमृतपुरका ४२ वर्षीय मोहनसिंह ठकुरी आज बिहान जानकी नगरपालिका-६ स्थित नालामा साइकलसहित फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका निरीक्षक होमप्रसाद चौधरीका अनुसार रातभर परेको पानीले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय अम्बे स्टिल उद्योगमा काम गर्ने मृतक ठकुरी कामबाट घर फर्कने क्रममाः गएराती नालामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्थानीय बासिन्दाले बिहान नालामा ठकुरीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि भेरी अस्पताल लगिएको छ ।

टिप्पणीहरू