प्रहरी अस्पताल पनि ठप्प

प्रहरी अस्पताल पनि ठप्प

कोरोना संक्रमणका कारण महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको सेवा पनि ठप्प भएको छ । कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित भएपछि झण्डै तीन साताको लागि अस्पतालका निश्चित सेवा बाहेक अन्य सबै स्थगित भएको छ ।

अस्पतालले आजदेखि माघ २८ गतेसम्म नन कोभिड इमरजेन्सी, कोभिड इमरजेन्सी, ज्वरो क्लिनिक, रेडियोलोजी र प्याथोलोजी विभागबाट उपलब्ध सेवा एवम् अप्रेशन थिएटर मात्र सञ्चालन गर्ने भएको छ । त्यस बाहेकका सेवाहरु केही दिनको लागि रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका सेवा ठप्प भएपछि त्यहाँ रहेको कोरोनाविरुद्धको खोप केन्द्र पनि प्रभावित भएको छ । स्रोतका अनुसार अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

टिप्पणीहरू