ओमिक्रोनपछि विश्व कोरोनामुक्त हुने विश्व स्वास्थ्य संगठनको दाबी « Jana Aastha News Online
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022

ओमिक्रोनपछि विश्व कोरोनामुक्त हुने विश्व स्वास्थ्य संगठनको दाबी

प्रकाशित मिति :  १० माघ २०७८, सोमबार ११:००


कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले नै कोरोना महामारीको अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वास लिएको छ ।

ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र यसले महामारीलाई शिथिल बनाउने भन्दै छिट्टै महामारी अन्त्य हुने संगठनका निर्देशक हान्स क्लुगले बताएका हुन् ।

‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यतर्फ लग्दैछ,’ क्लुगले भने । मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको अनुमान छ ।

सम्पूर्ण युरोप र विश्वलाई नै ढाकेको ओमिक्रोन केही महिनापछि शान्त हुने अनुमान विशेषज्ञहरुले गरेका हुन् । उनले भने ‘तर, यो वर्षको अन्त्यसम्ममा विश्वले महामारीबाट मुक्ति पाउने छ,’ उनले भने ।

खोपका कारण विश्वव्यापी रुपमा मानिसको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताएका छन् ।

उता अमेरिकाका संक्रामक रोग विज्ञ एन्थोनी फाउसीले पनि कोभिड संक्रमण बिस्तारै विश्वबाट घट्दै जाने विश्वास लिएका छन् । स्वयम् अमेरिकामा पनि यो संक्रमण घट्दो क्रममा छ ।


प्रतिक्रिया दिनुहोस !