बाइबल भनेर कसरी पढ्न थालियो ? « Jana Aastha News Online
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022

बाइबल भनेर कसरी पढ्न थालियो ?

प्रकाशित मिति :  १० माघ २०७८, सोमबार १०:३०


धेरैजसोलाई क्रिश्चियनहरूको पवित्र ग्रन्थको नाम कसरी बाइबल हुन पुग्यो भन्ने कौतुहलता हुन सक्छ । किनभने स्वयम् बाइबलमा उक्त पुस्तकलाई ‘बाइबल’ भनेर कहिँ कतै सम्बोधन गरेको पाइन्न ।

पुस्तक संग्रहको रुपमा रहेको बाइबललाई नयाँ पुस्ताका लेखकलेसमेत येशूको बारेमा लेखिएका कुरालाई मात्र धर्मशास्त्रको अंश मान्नुपर्दछ भनेर बुझ्दै आएका थिए ।

नयाँ नियमसहित ती लेखहरूको संग्रहलाई चौथो शताब्दीमा जोन क्रिसोस्टोमको लेखनमा पहिलो पटक बाइबल भनियो । पहिले पुरानो र नयाँ नियमलाई टा बिब्लिया (पुस्तकहरू) अर्थात बिब्लोसको ल्याटिन रूप भनिन्थ्यो ।

त्यसपछि ती बेलाका लेखहरूको संग्रहलाई एक निश्चित क्रममा एकसाथ राख्न थालियो । पत्र र लेखहरूको उक्त संग्रहले परिचित भनेर बाइबललाई पुस्तकमा आकार दिन थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !