सम्मान त पदसँगै आउँछ,जान्छ

सम्मान त पदसँगै आउँछ,जान्छ

अमेरिकाका प्रख्यात वक्ता साइमन सिनेकको हालैको प्रवचन सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनले अरुबारे होइन अमेरिकाका एक जना पूर्वरक्षा मन्त्रीका बारेमा बोलेका छन् ।

आफ्नो भनाइको सुरुवातमा उनले ती भूपू मन्त्रीलाई हजारौं मानिस सहभागी ठूलो सम्मेलनमा भाषणको निम्ति आमन्त्रित गरिएको सन्दर्भ उल्लेख गरेका छन् ।

“मानिसले आफ्नो कामको लागि तपाईंको पदलाई आवश्यकताभन्दा बढी मान्छन् । व्यक्ति कति ठीक वा बेठीक भन्ने विषय पदमा नरहँदा थाहा पाइन्छ ।”

उनले बीचमा आफूले समातिरहेको कपतिर हेरेर हाँस्दै बोलेको विषयलाई सिनेकले जोडेका छन् । मन्त्रीको भनाई उल्लेख गर्दै उनले भने ‘गत वर्ष आफूलाई यस्तै सम्मेलनमा बोल्न आमन्त्रित गरिएको थियो ।

पहिले र अहिलेको व्यवहारमा फरक पाइयो । पहिले मन्त्री हुँदा आफूलाई लिन हवाई जहाजको टिकटदेखि ट्याक्सीसम्म सबै व्यवस्था थियो तर अहिले हटेपछि कफी पनि आफूले नै लिन जानु परेको यथार्थ हो ।’

उनले त्यसो उल्लेख गर्दै मन्तव्यको अन्त्यमा भने, ‘यी सबै पदमा हुँदासम्म मात्र हो । पद गएपछि पदीय सम्मान पनि जान्छ ।’ तर यो याद गर्नुहोस् उनले भनेका छन्, ‘ती सबै क्षणिक हुन् ।

मानिसले आफ्नो कामको लागि तपाईंको पदलाई आवश्यकताभन्दा बढी मान्छन् । व्यक्ति कति ठीक वा बेठीक भन्ने विषय पदमा नरहँदा थाहा पाइन्छ ।’

यस्तै सिनेकले पनि एकपल्ट आफू रेलबाट ओर्लिदा संयुक्त राज्य अमेरिकी वायु सेनाका चीफ अफ स्टाफ रहिसकेका नोर्टी स्वार्ट्जले आफ्नो सुटकेस तानेको देखेको बताए ।

पहिले पदमा रहदा उनैको सुटकेस बोक्ने र समाउने मान्छेहरु धेरै थिए । उनी पनि सेनाको निजी जेटमा यात्रा गर्थे । तर पदमा नरहेपछि ती सबै सुविधा उनमा नदेखिएको मात्रै हो ।

अन्त्यमा सिनेकले भने, ‘त्यसैले यस्ता सम्मान पदको लागि हो । व्यक्तिका लागि होइन । पदमा बसेर घमण्ड गर्नु बेकार हो ।’

टिप्पणीहरू