जग्गादातालाई सम्मान

जग्गादातालाई सम्मान

पाँचथरको फिदिम नगरपालिका २ ले वडाका विभिन्न प्रयोजनमा जग्गा दान गर्ने दाताहरुलाई सम्मान गरेको छ ।

वडावासीले निशुल्क रुपमा दिएको जग्गामा वडा कार्यालय, बसपार्क, भ्यु टावर, हेलिप्याड र स्वास्थ्य सेवा केन्द्र बनेको भन्दै दाताहरुलाई वडा कार्यालयले सम्मान गरेको हो ।

दाताहरुले सदरमुकाम फिदिम बजार आसपासका १५ करोड रुपैयाँ बढि मूल्य पर्ने जग्गा दिएका हुन् । बसपार्क निर्माणका लागि १० रोपनी, भ्यु टावरको लागि सात रोपनी, वडा भवनको लागि दुई रोपनी जग्गा निशुल्क दिएका छन् ।

त्यसैगरी हेलिप्याडस्थलमा दुई रोपनी र आधारभूत स्वास्थ्य सेवा केन्द्रको लागि एक रोपनी निशुल्क जग्गा दिएर भवनलगायत पूर्वाधारहरु बन्न सफल भएको बताइएको छ । स्थानीय तहको निर्वाचनपछि स्थानीयबासी उत्साहित भएर जग्गादानले वडा तथा नगरपालिकाको विकास गर्न सजिलो भएको फिदिम २ का वडाअध्यक्ष सुकपाल तुम्बापोले जानकारी दिनुभयो ।

टिप्पणीहरू