कोरोनाको खोप लगाएपछि मृत्यु

कोरोनाको खोप लगाएपछि मृत्यु

कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टा नबित्दै एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले बताएको छ ।

उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारणबारे भने खुलाइएको छैन । मृतकले आज मात्र कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।

टिप्पणीहरू