नालीमा च्यापिएर खेर गयो गैंडाको ज्यान

नालीमा च्यापिएर खेर गयो गैंडाको ज्यान

चितवनमा निर्माणाधीन अवस्थाको नालीमा च्यापिएर एउटा गैंडा मरेको छ । आज दिउँसो सडक छेउको नालीमा खसेर च्यापिदा गैंडाको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका ९ गोन्द्राङस्थित पूर्व पश्चिम राजमार्गको छेउमा बन्दै गरेको नालीमा गैंडा फसेको थियो । नालीमा खसेको केही बेरमा गैंडा मरेको बताइन्छ । अहिले प्रहरीको टोलीले उक्त स्थानलाई सुरक्षा दिएर राखेको छ ।

प्रहरीका अनुसार घटनास्थलमा वन कार्यसलयको टोलीको रोहबरमा मुचुल्का उठाउने कार्य भइरहेको छ ।

टिप्पणीहरू